निर्वाचनपछि पनि गठबन्धन सरकार : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि पनि सङ्घ र सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बुताउनुभएको छ ।
बदर मत घटाउन सल्यानमा नमुना मतदान
सल्यान, कात्तिक १९ गते। बदर मत घटाउन सल्यानमा नमुना मतदान भएको छ। जिल्लाका ४ वटा पालिकामा नमुना मतदान भएको हो । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै दार्मा, शिद्धकुमाख गाउँपालिका, वागचौर र शारदा नगरपालिका नमुना मतदान भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ। एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा १० स्थानमा नमुना मतदान सञ्चालन गरिने छ। निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराईले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उदेश्यले नमुना मतदान गरिएको बताउनुभयो। उहाका अनुसार निर्वाचनमा मतदान गर्ने तरिका लगायतका विषयमा जानकारी दिएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो। निर्वाचन कार्यालयले स्थानीय तहको एकजना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत)को रूपमा जिम्मेवारी तोकेको छ। जिल्ला निर्वाचनका कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउन, निर्वाचन आचारसंहिता पालनाका लागि पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
जसपाको आर्थिक एजेण्डा : प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्याउने
कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थीर पुँजीको रुपमा विकास गर्ने, पाँच वर्षमा निरन्तर २ अङ्कको आर्थिक वृद्धि हासिल गर्ने र प्रति व्यक्ति आय पाँच हजार डलर पर्याउने जसपाको लक्ष्य छ ।
‘लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विकल्प छैन’
सिराज खान नेपालगञ्ज, कात्तिक १९ गते । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठोरले नेपाली कांग्रेसको नेतृत्वमा मात्रै नेपालमा विकास, स्थायित्व र समृद्धि हुने बताउनुभएको छ।बाँके क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सहमहामन्त्री राठोरले चुनावी सभालाई सम्बोधन गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विकल्प नरहेको बताउनुभयो।लामो समयमसम्म जनताले गरेको सङ्घर्ष, बलिदान र त्यागबाट प्राप्त भएको संविधान र लोकतन्त्रको रक्षाका लागि सबै नेपाली पुनः एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । सहमहामन्त्री राठोरले निर्वाचनले देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने बताउनुभयो।‘हामीले चुनाव जितेपछि गर्न सक्ने काम मात्रै जनतालाई भन्ने हो । गर्न नसक्ने झुटो आश्वासन दिने होइन,’ उहाँले भन्नुभयो ‘कांग्रेसले अहिलेसम्म जनतालाई झुटो आश्वासन दिएको छैन, अब पनि जनतालाई झुटो र उधारो आश्वासन दिँदैन । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको जित आवश्यक छ ।’ गठबन्धनले जितेपछि बाँके क्षेत्र नम्बर-३ मात्र नभएर सिङ्गो मुलुकको समृद्धि र विकास हुने उहाँको भनाइ छ।
देशको विकास गर्नु मेरो कर्तव्य हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकास गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनद्वारा डडेल्धुराको अजयमेरु गाउँपालिकामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
चितवनमा टिक्न नसकेर दाहाल गोरखा : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गर्नुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा शनिबार उदघाटन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।
जसपाको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)
जसपाले सार्वजनिक गरेको ३५ पृष्ठ लामो प्रतिबद्धता पत्रमा संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता उल्लेख गरिएको छ ।
गठबन्धनको पक्षमा बहुमत आउँछ : नेता महत
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ को निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने दाबी गर्नुभएको छ । शनिबार कैलालीको धनगढी पुग्नुभएका डा. महतले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
गठबन्धन प्रतिगमनलाई रोक्न सफल भयो : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धनले प्रतिगमनलाई रोक्न सफल भएको बताउनुभएको छ।
बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमामा बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ ।
ऊर्जा, कृषि क्षेत्रको विकास गर्ने उन्मुक्ति पार्टीको प्रतिबद्धता
नागरिक उन्मुक्ति पार्टीले आफ्नो दल निर्वाचित भएमा ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रित गरेर विकासको काम गर्ने प्रतिबद्धता जनाएको छ । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उन्मुक्ति पार्टीले सो प्रतिबद्धता गरेको हो ।
चुनावी एजेण्डामै सीमित हर्दौना पुल
कपिलवस्तुको बाणगंगा नदी अन्तर्गत महाराजगन्ज नगरपालिका १० को हर्दौनामा पुल बनाउने विषय वर्षौँदेखि चुनावी एजेण्डामै सीमित हुँदैआएको छ ।
मतपत्र छपाइको काम सम्पन्न, ढुवानी हुँदै
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ।
झुलाघाटमा पक्की पुल बन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि एमाले नेतृत्वमा सरकार बनेपछि झुलाघाटमा पक्की पुल निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।
विकासको खाका गठबन्धनसँग छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले विकासको स्पष्ट खाका पाँच दलीय गठबन्धनसँग रहेको बताउनुभएको छ । मुलुकमा, शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिका लागि पाँच दलीय गठबन्धन निर्माण भएको उहाँले प्रष्ट पार्नुभयो ।
अतिक्रमित नेपाली भूमि फिर्ता ल्याएरै छाड्छौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ ।
निर्वाचनपछि कांग्रेस नेतृत्वमा बहुमत सरकार : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धनले बहुमत ल्याउने बताउनुभएको छ । निर्वाचनपछि कांग्रेस नेतृत्वमा बहुमत सरकार गठन हुने उहाँको भनाइ छ ।
आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्नुपर्ने बताउनुभएको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।
जसपाको चुनावी घोषणापत्र शनिबार सार्वजनिक हुने
जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी प्रतिबद्वतापत्र शनिबार सार्वजनिक हुँदैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि दिउँसो २ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिनुभयो ।
मेरो प्रतिस्पर्धामा कोही छैन : सचिव विष्ट
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले गुल्मी २ मा आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउनुभएको छ । निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी) को राजनीतिक भविष्य पनि सकिने उहाँको दाबी छ ।
राष्ट्रपतिले कात्तिक २१ गतेदेखि आइसल्याण्ड भ्रमण गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्नुहुने भएको छ।
निर्वाचन स्वतन्त्र रुपमा सम्पन्न हुने उपराष्ट्रपति पुनको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।
महाकाली सन्धि कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ।
काठमाडौं–१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
स्थानीय तहको मतपरिणामलाई हेर्दा आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा काठमाडौं क्षेत्र नं १ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा (एमाले)का किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।