• १२ साउन २०८१, शनिबार

टीकापुर घटना राजनीतिक रहेको प्रस्ताव पारित

blog

कैलारी गाउँपालिकाको गाउँ सभा बैठक। तस्बिर : प्रेम चौधरी

अविनाश चौधरी

धनगढी, पुस २८ गते। टीकापुर घटना राजनीतिक रहेको प्रस्ताव गाउँ सभाबाट सर्वसम्मतले पारित भएको छ। 

बिहीबारदेखि सुरु भएको  कैलालीस्थित कैलारी गाउँपालिकाको हिउँदे अधिवेशनको पहिलो बैठकले थरुहट आन्दोलनको क्रममा २०७२ मा टीकापुरमा घटेको घटना राजनीतिक रहेको प्रस्ताव पारित गरेको हो। 

गाउँ सभा एवम् गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले गाउँ सभामा सो प्रस्ताव पेस गर्नु भएको थियो। यसअघि, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले पनि टीकापुर घटना राजनीतिक रहेको निर्णय गरिसकेका छन्। 

यसैगरी, गाउँ सभाले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघ (माघी) को अवसरमा पुस ३० गतेदेखि माघ ३ गतेसम्म पालिकाभरी सार्वजनिक बिदा दिने प्रस्ताव पनि सर्वसम्मतले पारित गरेको छ। 

यस्तै, जिल्ला समन्वय समिति कैलालीका अध्यक्ष पदम कलेलको दुःखद् निधन भएकोमा दुःख व्यक्त गर्दै गाउँ सभाले शोक प्रस्ताव पनि पारित गरेको छ।