• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुँदै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाडौं, पुस २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ । 

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले दिउँसो ४ बजेदेखि उहाँहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

शर्माले भन्नुभयो, “उहाँहरुबीच दिउँसो ४ बजेदेखि छलफल जारी रहेको हो ।” उहाँहरुबीच सरकार सञ्चालन तथा समसामयिक राजनीति विषयमा छलफल हुँदै आएको छ ।

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड भेटवार्ताका लागि एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । सरकारले विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारको विषयमा शीर्ष नेता र सत्ता गठबन्धनका दलबीच छलफल हुँदै आएको छ ।