माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)
सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सोमबार सार्वजनिक गरेको छ ।
डेढ करोड बढीको सम्पत्ति जलेर नष्ट
उदयपुरको त्रियुगा नगरपालिका –७ चुहाडे चोकमा रहेको एक व्यापारिक भवनमा आइतबार राति आगलागी हुँदा एक करोड ५० लाख रुपियाँ बढीको धनमाल जलेर खरानी भएको छ ।
गठबन्धनलाई विजयी बनाउन डा.आरजु देउवाको निर्देशन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
दोलखाका उम्मेदवार घरदैलो भेटघाटमा
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुनुभइको छ । मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिन थाल्नुभएको छ ।
सामाजिक सुरक्षा भत्ता समयसापेक्ष बढाउँछौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्तालाई समयसापेक्ष बढाउँदै लैजाने र पाको उमेरमा अरुको भर नपर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । गर्न सकुन्जेल अरुको आशा गर्न नहुने र नसकेका दिन भरथेग हुने किसिमको दायित्व राज्यले लिने उहाँले बताउनुभयो ।
गुल्मी क्षेत्र नं. २ मा विष्ट र झाँक्री मुख्य प्रतिस्पर्धी
गुल्मी क्षेत्र नं २ मा पहिलेको नेकपा (एमाले) मा सहयात्रीको रूपमा काम गर्नुभएका दुई नेताहरू अहिले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तत्कालीन एमाले र नेकपामा रहँदा एउटै पार्टीमा रहेर काम गर्नुभएका एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच अहिले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धा हुनेभएको हो ।
नेकपा एसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
राप्रपाको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले सोमबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज (सोमबार) बस्दैछ । सचिव प्रेम केसीले बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल हुन लागेको जानकारी दिनुभयो ।
मैयाँदेवीको त्याग र बलिदानको सबैले सम्मान गर्नुपर्छ : पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजसेवी मैयाँदेवी श्रेष्ठबाट त्याग, निष्ठा र बलिदान सबैले अनुकरण गर्नुपर्ने बताउनु भएको छ ।
निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकारः मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।
ओलीले चालीस चुनावी सभालाई सम्बोधन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्तीमा ४० जिल्लामा चुनावी प्रचार सभालाई सम्बोधन गर्नुहुने भएको छ । नेकपा (एमाले)का प्रचार विभाग सचिव गगन विष्टका अनुसार केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले कात्तिक १८ देखि २६ गतेसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासम्मका कम्तीमा ४० जिल्लाका ४० वटै सभामा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यतालिका बनाएको छ । एमालेले कात्तिक १५ गते निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
रक्सी खुवाउँदा १५ लाख खर्च भयो भने पछि राजीव गुरुङ(दीपक मनाङे)लाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ । मनाङमा मनोनयन दर्ता गर्न जाँदै रक्सी खाएर १५ लाख बढी खर्च भएको भन्दै आयोगले तोकेको खर्चले निर्वाचन सम्पन्न हुन नसक्ने भने पछि उहाँलाई खर्चको विल भरपाई समेत माग गरी आयोग स्पष्टीकरण सोधेको छ ।
आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातासामु पार्टीको घोषणापत्र आज(सोमबार) बिहान सार्वजनिक गर्ने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनद्वारा मतदाता समक्ष घोषणापत्र पेस गर्ने गरी कार्यक्रम तय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
दार्चुला घटनामा भारतलाई कूटनीतिक नोट
दार्चुलाका एक बालकको मृत्युको घटनालाई लिएर नेपाल सरकारले आइतबार भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ। महाकाली नदीपारि भारतीय पक्षले सडक निर्माण गर्ने क्रममा गराइएको विस्फोटबाट ढुङ्गा उछिट्टिएर लाग्दा दार्चुला जिल्लाको व्यास गाउँपालिकाका १२ वर्षीय पवन महराको ज्यान गएको थियो।
डा. कार्कीको उम्मेदवारी खारेज विवादमा
ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. तोसिमा कार्कीको मनोनयन रद्द विवादमा परेको छ। निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै शनिबार कार्कीको उम्मेदवारी खारेज गरेको थियो।
पहिलो पटक ‘पार्टी अडिट’को प्रतिबद्धता
नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा गरिएका प्रतिबद्धताको कार्यान्वयन परीक्षण गर्ने भएको छ। विकसित देशहरूमा अभ्यासमा रहेको दलहरूको नीतिगत प्रतिबद्धता कार्यान्वयन परीक्षण (पार्टी अडिट)को व्यवस्था कार्यान्वयनमा ल्याउने प्रयासस्वरूप यस्तो व्यवस्था गरिएको हो।
एकीकृत समाजवादीले सोमबार घोषणापत्र सार्वजनिक गर्ने
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीले सोमबार निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
डा. शंशाक खतरा मुक्त
चुनावी सभामा एक्कासि अचेत हुनुभएका नेपाली काँग्रेसका नेता डा. शंशाक कोइराला खतरा मुक्त हुनुहुन्छ ।
डा. आरजु देउवाद्वारा जनकपुरधाममा छठ पूजा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले हिन्दूहरूको महान् चाड छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको छ।
बेरोजगारी समस्या समाधान गर्छौं : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री एवम् रुपन्देही २ बाट प्रतिनिधि सभाका उम्मेदवार विष्णु पौडेलले एमालेले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बेरोजगारी समस्या समाधानमा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।
युवाले विकासको ढोका खोल्न सक्छन् : नरहरि आचार्य
नेपाली कांग्रेसका नेता नरहरि आचार्यले युवाले मात्र विकासको ढोका खुलाउन सक्ने बताउनुभयो।
प्रधानमन्त्री को बन्ने टुङ्गो लागेको छैन : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भावी प्रधानमन्त्रीका बारेमा अहिलेसम्म गठबन्धनका बीचमा कुनै टुङ्गो नभएको बताउनुभएको छ ।
राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचनको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछ।