• १३ असोज २०८१, आइतबार

राष्ट्रिय एकताको मुद्दामा राप्रपा दृढतापूर्वक उभिनेछ : अध्यक्ष लिङ्देन

blog

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रियता, राष्ट्रिय एकता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढतापूर्वक उभिने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबार बसेको पहिलो बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले विचारभन्दामाथि देश रहने उल्लेख गर्दै सो कुरा बताउनुभएको हो । 

प्रतिनिधि सभा सांसद लिङ्देनले भन्नुभयो, “हामी सबैका लागि विचारभन्दा माथि मैले अघिल्लो दिनहरूमा पनि भन्ने गरेको छु– देश छ, त्योभन्दा माथि केही पनि छैन । मुलुकका यावत समस्याहरू सामूहिक रूपमा समाधान गर्ने दिशामा हामी अग्रसर हुनुपर्छ । राप्रपा यो संसदमा जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एक्ता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढता साथ उभिनेछ ।”