• १३ असोज २०८१, आइतबार

सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक हुँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २५ गते । मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनपछि बनेको नयाँ सरकारले सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्ने भएको छ । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा गठित संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम आजै पौने ४ बजे सार्वजनिक हुँदैछ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो कार्यक्रम सार्वजनिक गरिने जानकारी प्रधानमन्त्रीको कार्यालयले दिएको छ ।