• १३ असोज २०८१, आइतबार

सङ्घीय संसदबाट शोक प्रस्ताव पारित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २५ गते । प्रतिनिधि सभा बैठकले तीन जना सांसदप्रति शोक प्रस्ताव पारित गरेको छ । आज सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले सो शोक प्रस्ताव पारित गरेको हो । 

पूर्व सांसदहरूको निधनप्रति संसद् बैठकले एक मिनेट मौनधारण गरेको थियो । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा उहाँले पेस गर्नुभएको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको थियो । 

नेपाली कांग्रेसका सांसद मैयादेवी श्रेष्ठ, झुलबहादुर आले र नेकपा (एमाले) का सांसद बालकृष्ण ढुङ्गेलप्रति शोक प्रस्ताव पारित गरेको थियो । सांसद श्रेष्ठको गत कात्तिक ६ गते, सांसद आलेको गत मङ्सिर ९ गते निधन भएको थियो । त्यस्तै, एमाले सांसद ढुङ्गेलको कात्तिक २२ गते निधन भएको थियो । 

प्रतिनिधि सभाको दोस्रो बैठक भोलि मंगलबार ११ बजे बस्ने ज्येष्ठ सदस्य जबराले बैठकलाई जानकारी गराउनुभयो । दिउँसो १ बजेबाट शुरुभएको संसद्को पहिलो बैठक अपराह्न ४ बजे सकिएको छ । भोलि बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।