• १३ असोज २०८१, आइतबार

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य चयन

blog

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस २५ गते । प्रतिनिधि सभा बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ ।

सोमबारको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरू ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतीक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला सिर्पाली ठकुरीलाई सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको जानकारी गराउनुभयो ।

आजदेखि सुरु भएको प्रतिनिधि सभा बैठकले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाको नियमावली नबनाएसम्मका लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम काम कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।

यो पनि पढ्नुहोस

प्रतिनिधि सभाको पहिलो बैठक जारी

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

जनताको अपेक्षा अनुसार काम गर्नुपर्नेछ : अध्यक्ष ओली