• १२ साउन २०८१, शनिबार

घनश्याम भुसाललाई केही घण्टाभित्रै स्वागत गर्दैछौं : एकीकृत समाजवादी

blog

नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुहुँदै नेकपा (एमाले) का नेता घनश्याम भुषाल । फाइल तस्बिर

काठमाडौं, पुस २८ गते । नेकपा (एमाले) का नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दै हुनुहुन्छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता जगन्नाथ खतिवडाले नेता भुसाललाई केही घण्टाभित्रै स्वागत गर्ने जानकारी दिनुभयो ।

खतिवडाले भन्नुभयो, “हामी केही घण्टाभित्रै उहाँलाई पार्टीमा स्वागत गर्दैछौं ।” भुसाल एमालेमा स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो । तर, मङ्सिर ४ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार उठ्नुभएको थियो ।