• १२ साउन २०८१, शनिबार

कांग्रेस पदाधिकारी बैठकमा सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल

blog

बैठकपछि पत्रकारसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे ।

काठमाडौं, पुस २८ गते। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल भएको छ। 

सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो बसेको पदाधिकारी बैठकमा माघ ५ र ७ गते हुन गइरहेको सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो। 

पाण्डेले भन्नुभयो, “आजको बैठक अनौपचारिक नै हो। मुख्यगरी माघ ५ गते र माघ ७ गते हुन गइरहेको सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल भयो। स्ववियु निर्वाचन पनि हुने कुरा चलिरहेको अवस्थामा निर्वाचनको सन्दर्भमा संसदमा रहेको अन्य राजनीतिक दलसँग छलफल चलाउने र त्यो छलफलपछि हामी एउटा निर्णय गर्छौ।”

प्रदेशको हकमा भने स्थानीय र प्रादेशिक वस्तुस्थिति हेरेर प्रदेश कार्य समितिले नै निर्णय गर्ने उहाँको भनाइ छ। यसका लागि केन्द्रबाट त्यस्तो छुट्टै नीतिगत तथा रणनीतिको निर्णय नभएको उहाँले भन्नुभयो। 

उहाँले कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनमा भाग लिन्छ या लिँदैन भन्ने जिज्ञासामा अरू दलहरूसँग छलफल चलाएर मात्रै निर्णय गर्ने बताउनुभयो।