विर्तामोड समाचारदाता
विर्तामोड, पुस २७ गते। पृथ्वीनारायण शाहको १३१ औँ जन्मजयन्तीको अवसरमा झापाको चारआलीस्थित श्री नयाँ गणको सेनाको टुकडीले सलामी दिएको छ।
बुधबार कनकाई नगरपालिका १ स्थित पृथ्वीनारायण शाहको सालिकमा आयोजित कार्यक्रममा सेनाको गणले सलामी अर्पण गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाएको हो।
प्रदेश सभा सांसद एकराज कार्कीले सो अवसरमा पृथ्वी नारायण शाहको योगदानकै कारण नेपाल अहिलेसम्म कसैको अधीनमा नरहेको बताउनुभयो।
सोही अवसरमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो।