• १२ साउन २०८१, शनिबार

सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

blog

चितवनस्थित सबै सरकारी कार्यालयका प्रमुखसँग छलफल गर्नुहुँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने ।

गोरखापत्र अनलाइन
काठमाडौं, पुस २९ गते । 
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

सरकार गठनपछि पहिलो पटक चितवन पुग्नुभएका मन्त्री लामिछानेले आज (बिहीबार) चितवनस्थित सबै सरकारी कार्यालयका प्रमुखसँग छलफल गर्नुहुँदै यस्तो निर्देशन दिनुभयो ।

गृहमन्त्रीको निजी सचिवालयका अनुसार, गृहमन्त्रीले सेवाग्राहीहरूलाई काठमाडौं र सिंहदरबार पुग्नै नपर्ने गरी जिल्लामा नै सहज रूपमा सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘गृहमन्त्रीले सेवा प्रवाहलाई गुनासोरहित बनाउन, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न, शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।’’