• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिमका सभामुख भण्डारीद्वारा शपथ ग्रहण

blog

प्रकाशविक्रम शाह

धनगढी, माघ ३ गते । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले आज मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सुदूरपश्चिमको प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । सभामुख भण्डारी आज बिहान भएको प्रदेश सभाको निर्वाचनबाट  सभामुखमा निर्वाचित हुनुभएको थियो । 

सो अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ, प्रदेशका मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू, निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट र सङ्घ तथा प्रदेशका पूर्वमन्त्रीहरुको उपस्थिति थियो ।