• १२ साउन २०८१, शनिबार

मधेश प्रदेशसभा सभामुख मण्डलको राननितिक यात्रा

blog

मधेश प्रदेशसभाको सभामुख रामचन्द्र मण्डल । तस्बिर : गोरखापत्र

धर्बेन्द्र झा 

धनुषा, माघ ३ गते । मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल बहुमतले निर्वाचित हुनुभएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा सहभागी १०३ जना सदस्य मध्ये सभामुखका लागि भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको थियो ।

नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहले मण्डललाई सभामुख बनाउनका लागि गर्नुभएको प्रस्तावको पक्षमा नेकपा एमाले, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राप्रपा नेपालका प्रदेशसभा सदस्यहरुले समर्थन जनाउनुभएको थियो । 

इसैगरी नेपाली काँग्रेसका प्रदेशसभा सदस्य कुमरकान्त झाले जंगीलाल राय लाई सभामुख बनाउन गरिएको प्रस्ताव माथि एकिकृत समाजवादीका जीवछी यादव सहितका प्रदेशसभा सदस्यहरुले समर्थन जनाउनुभएको थियो । 

वैठकमा प्रस्तुत भएको दुवै प्रस्तावलाई प्रदेशसभा संचालन नियमावली २०७५ को नियम ७ को उपनियम ५ बमोजिम वैठकको अध्यक्षता गर्नु भएका प्रदेशसभाका जेष्ठ सदस्य गोविन्द न्यौपानेले दुवै प्रस्तावलाई वैठकमा निर्णायार्थ प्रस्तुत गर्ने जानकारी दिनुभएको थियो । 

मण्डललाई सभामुख बनाउन गरिएको प्रस्तावको पक्षमा मत विभाजन गर्दा बहुमत प्राप्त भएपछि जेष्ठ सदस्यले दोस्रो प्रस्ताव प्रस्तुत गर्ने अवस्था नभएको भन्दै सभामुखमा मण्डललाई निर्वाचित भएको घोषणा गर्नुभएको थियो । 

त्यसपछि सभामुख सहित मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव सहित मन्त्रीगण र प्रदेशसभा सदस्यहरुले मण्डललाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनु भएको थियो । सभामुखमा निर्वाचित भएका मण्डलले संचारकर्मी सँग संक्षिप्त कुराकानी गर्दै सबै दल सँगको समन्वय र सुझावले प्रदेशसभा लाई व्यवस्थित र मयार्दित रुपमा संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै सक्ता पक्ष र प्रतिपक्ष विच मध्यस्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले निमार्ण गनु पर्ने ऐन कानूनलाई तिब्रताको साथ अगाडी बढाउने जानकारी गराउनुभयो । २०३० सालमा जन्मिनु भएका मण्डलले २०४६ साल देखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको छ । 

२०६४ सालमा ग्रामिण आवास कम्पनीको जिएम बन्नु भएका मण्डल माओवादी सरकारमा सहभागि भएको वेला २०६५ सालमा वृहतर जनकपुर क्षेत्र विकास परिषदको अध्यक्ष हुनु भएको थियो । २०७४ सालमा माओवादी वाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएका मण्डल एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपाको केन्द्रि सदस्य हुनुहुन्थ्यो ।

पछि माओवादी केन्द्र र एमाले छुट्रैट् भएपछि एमाले नै रोजनु भएका मण्डल २०७९ सालको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. १ को (क) वाट प्रदेशसभामा निर्वाचित हुनु भएको हो । मैथली विषयमा स्नाकोत्तर गर्नु भएका मण्डल नेकपा एमालेको केन्दीय सदस्य समेत रहनु भएको छ ।