• १२ साउन २०८१, शनिबार

काँग्रेसको पदाधिकारी बैठक सुरु

blog

काठमाडौँ, माघ ४ गते । नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

आज (बुधवार) को बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने शर्माले भन्नुभयो । संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्ने बारेमा काँग्रेस पदाधिकारी बैठक बसेको हो । काँग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल हुनेछ ।