• १२ साउन २०८१, शनिबार

कर्णालीको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित

blog

कर्णाली प्रदेशको उपसभामुखमा निर्वाचित हुनुभएको यशोदा न्यौपाने । तस्बिर : नविन शाही

नविन शाही
सुर्खेत, माघ ४ गते । 
कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । बुधबार भएको मतदानबाट न्यौपाने उपसभामुख निर्वाचित हुनुभएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो ।

सभामा उपस्थित ३८ सङ्ख्यामध्ये न्यौपानेलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २४ मत र विपक्षमा १४ मत प्राप्त भएको थियो ।

न्यौपानेको प्रस्तावकमा कृष्णबहादुर जिसी र समर्थनमा विना विभागीय मन्त्री विनोदकुमार शाह हुनुहुन्थ्यो ।

उपसभामुख पदका लागि कांग्रेसबाट इन्द्राकुमारी शाहीको पनि उम्मेदवारी परेको थियो । उहाँलाई उपसभामुख प्रस्ताव गरिएको विपक्षमा २४ मत प्राप्त भएको थियो ।

उपसभामुख न्यौपाने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कालीकोटबाट प्रतिनिधित्व गर्ने सांसद हुनुहुन्छ । माओवादी केन्द्रकी न्यौपानेको पक्षमा नेकपा एमाले र राप्रपाका सांसदले मतदान गरेका गर्नुभएको थियो ।