• १२ साउन २०८१, शनिबार

कांग्रेस पदाधिकारी बैठक सम्पन्नः

सहयोगी दलहरुसँग समझदारीका लागि छलफल गर्ने

blog

काठमाडौं, माघ ४ गते । नेपाली कांग्रेसले सभामुख र उपसभामुख पदमा उम्मेदवारी सम्बन्धमा सहयोगी दलहरुसँग समझदारीका लागि छलफल गर्ने भएको छ । बुधबार सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले संसद सचिवालयले उम्मेदवारीको कार्यतालिका आजै तय गरेकाले अबको एक, दुई घण्टाको समयमा दलहरुसँग थप छलफल गर्ने बताउनुभएको हो । 

सञ्चारकर्मीसँग कुरा गर्दै डा. महतले भन्नुभयो, “हिजो सर्वदलीय बैठकमा सहभागी हुदा भएका कुरा पनि बैठकमा राख्नुभयो । त्यो सबैलाई दृष्टिगत गरेर दर्ता समय, अन्य सहयोगी दलहरुसँग पनि छलफल गरेर दर्ता प्रक्रियाको समयभित्र उम्मेदवारीबारे टुङ्गो लगाउनेछाैँ।” त्यस बेलासम्म अन्य दलहरुको अन्तिम निष्कर्ष आइसक्ने उहाँको भनाइ छ ।  

उहाँले उम्मेदवार वा व्यक्ति टुङ्गो लगाउने विषयमा आन्तरिक छलफल भएको र यसले अन्तिम निर्णयपछि यसले अन्तिम रुप पाउने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, “व्यक्ति टुङ्गो लाउने विषयमा आन्तरिक छलफल भएको छ । कुन–कुन दलबाट कसरी सहयोग लिन सकिन्छ र त्यसका आधारमा टुङ्गो लगाउनुपर्ने हुन्छ। त्यसका लागि एक, दुई घण्टाको समय तय गर्छौँ।”

यस सम्बन्धमा प्रधानमन्त्रीले पनि अन्तिम कुरा गर्छु, भन्नुभएको उल्लेख गर्दै उहाँले सत्ता साझेदार एवम् सरकारमा सक्रिय दलहरुसँग पनि छलफल भइरहेको उहाँले भन्नुभयो । 

“समझदारीबाट अगाडि बढ्दा एक किसिमले प्रस्तुत नहुँदा राष्ट्रपति र सभामुखको संस्था सबैको निष्पक्ष कार्य सम्पादन गर्ने भएको हुँदा, समझदारीमा निष्कर्ष निस्कियोस् भन्ने चाहेको हो । प्रमले अन्तिम कुरा गर्छु पनि भन्नुभएको छ । सहकार्य गरेर टुङ्गो लगाउँछौं”, उहाँले थप भन्नुभयो ।