गुल्मीमा नमूना मतदान
गुल्मी जिल्लामा निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई नमूना मतदान गराइएको छ।
नायिका मानन्धर र अधिकारी पोखरेलको चुनावी प्रचारमा
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्दै अभिनेत्री करिष्मा मानन्धर र चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी मतदाताको घरदैलोमा सहभागी हुनुभएको छ ।
सुकुम्वासी बस्तीमा डोजर चलाउनु हुँदैन : नेता प्रकाशमान सिंह
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता सिंहले काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउनु नहुने बताउनुभएको हो ।
काठमाडौं–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा
नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै, सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की कल्पना धमला हुनुहुन्छ । उहाँहरू दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजय सुनिश्चित गराए : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्माणाधीन विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजय सुनिश्चित गराएको बताउनु भएको छ ।
मतदानको दिन अत्यावश्यक सवारी साधनले पास लिनु नपर्ने
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने प्रष्ट पारेको छ ।
चुनावी मैदानमा खेलकुदका मुद्दा अघिसार्दै कुमार
रुपन्देहीका अधिकांश उम्मेदवारले अहिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घरदैलो कार्यक्रममा मतदातासँग सडक, खानेपानी, सिँचाई, स्वास्थ्य शिक्षाको विकासका कुरा उठाएका छन् ।
सवारीसाधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा स्पष्टीकरण
निर्वाचन आयोगले मधेस प्रदेशसभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरूप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ।
झापा ३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताउनुभएको छ।
देश बनाउने भिजन एमालेसँग मात्र छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले देश बनाउने भिजन एमालेसँग मात्र भएकाले एमालेलेलाई बहुमत सरकार बनाउन मिल्नेगरी मतदान गर्न आह्वान गर्नुभएको छ ।
चुनाव अग्रगमन र प्रतिगमनको जनमत सङ्ग्रह जस्तै हो : अध्यक्ष दाहाल
नेपाल (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्सिर ४ गते हुने निर्वाचनलाई अग्रगमनतर्फको यात्रा जारी राख्ने वा प्रतिगमनतर्फ फर्कने विषयको जनमत सङ्ग्रह जस्तै भएको बताउनुभएको छ ।
शान्ति र समृद्धिका लागि गठबन्धन जित्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति संवृद्धि र एकताबद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । गठबन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने उहाँले बताउनुभयो ।
धनुषा क्षेत्र नं ३ : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
गुमेको नेपाली भूमि फिर्ता ल्याउँछौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसँगको परामर्शविना कालापानीमा भारतीय सरकारले फौज राखेर नेपाली भूमि नियन्त्रणमा लिएकाले त्यसलाई फिर्ता ल्याइने बताउनुभएको छ ।
बाजुरामा पाण्डे र थापाको प्रतिस्पर्धा
बाजुरामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
मङ्सिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउनका लागि भएको बताउनुभएको छ ।
क्षेत्र ५ मा विकासले फड्को मारेको छ : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार तथा सामाजिक विकास नै आफ्नो निर्वाचन जित्ने आधार भएको बताउनुभएको छ ।
पाँचथरका चार स्थानीय तहमा नमुना मतदान
पाँचथरका विभिन्न चारवटा स्थानीय तहमा नमुना मतदान गरिएको छ । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बदर मत घटाउनका साथै मतदान प्रकृयाबारे आम नागरिकलाई जानकारी गराउन नमूना मतदान गरिएको हो ।
हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताउनुभएको छ ।
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नजिकिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ ।
प्रधानमन्त्री देउवा चितवनमा
प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । शनिबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरु चितवन आइपुग्नुभएको हो ।
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डको औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान स्वदेश फर्कनु भएको छ।
राजनीतिमा युवा चासो
५० प्रतिशत युवाले मात्रै आफूलाई राजनीतिक रूपमा सचेत रहेको सोच्ने गरेको अध्ययनले देखाएको छ । तीमध्ये ६१ प्रतिशत पुरुष र २८ प्रतिशत महिला छन् । नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले गरेको अध्ययनले यस्तो तथ्य औँल्याएको हो । देशका एक हजार ८० युवामा गरिएको अध्ययनले १३ प्रतिशत युवाले आफू राजनीतिमा सक्रिय रूपमा संलग्न भएको बताएका थिए ।
लोकतन्त्र जोगाउने दायित्व गठबन्धनको काँधमा : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन महत्वपूर्ण हुने बताउनुभएको छ।