• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर

काठमाडौं, माघ ५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताउनुभएको छ।

बिहीबार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले समय बाँकी रहेको राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताउनुभएको हो। 

उहाँले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोशिस गरिरहेको उल्लेख गर्नुभएको हो। उहाँले उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘‘आज सभामुखको निर्वाचन भयो। सबै कुरा थाहा पाउनुभयो। हामी सत्ता साझेदार दल सबै एक ठाउँमा उभियौं। प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो। प्रतिस्पर्धा भयो। बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो। भोलि उपसभामुखको निर्वाचन हुन्छ। आजकै प्रक्रियामा हुन्छ। राष्ट्रपतिको कुरा बाँकी छ। हामी सत्ता साझेदार र मैले पनि सकेसम्म समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ। हामी त्यो कोशिस जारी राख्छौं।’’

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभिएको बताउनुभयो। उहाँले सत्तासाझेदार दल एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिनुभयो।