• १६ भदौ २०८१, आइतबार

उपसभामुखमा दुई जनाको उम्मेदवारी

blog

काठमाडौं, माघ ६ गते । प्रतिनिधि सभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

रास्वपाका सांसद मगरलाई सत्तारुढ दलको समर्थन रहेको छ । उहाँको प्रस्तावकमा रास्वपाकै सांसद सोविता गौतम हुनुहुन्छ भने समर्थकमा नेकप (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।


यसैगरी, कांग्रेसका सांसद यादवलाई सरकारमा सहभागी नभएका दलको समर्थन रहेको छ । उहाँको प्रस्तावकमा कांग्रेसकै सांसद बद्री पाण्डे हुनुहुन्छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरी हुनुहुन्छ ।


संसद सचिवालयले बिहीबार उपसभामुखको मनोनयन दर्ता गर्ने समय आज (शुक्रबार) दिउँसो १ देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । उपसभामुखका लागि भोलि (शनिबार) दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्नेछ ।

यसअघि बिहीबार नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा चयन हुनुभएको थियो । उहाँले १६७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, उहाँको प्रतिस्पर्धीमा कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने १०० मत पाउनुभएको थियो ।


यो पनि पढ्नुहोस

इन्दिरा राना मगरले दिनुभयो उपसभामुखमा उम्मेदवारी