• २२ असार २०८१, शनिबार

इन्दिरा राना मगरले दिनुभयो उपसभामुखमा उम्मेदवारी

blog

उपसभामुख पदमा इन्दिरा राना मगरका तर्फबाट उम्मेदवारी दर्ता गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतम । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।


रास्वपाका सोविता गौतम प्रस्तावक र समर्थकमा कृष्णगोपाल श्रेष्ठ नेकप (एमाले), नारायणी शर्मा (माओवादी केन्द्र) र राजेन्द्रप्रसाद लिङ्देन (राप्रपा) रहनुभएको छ । रानालाई सत्ता साझेदार दलहरूको समर्थन छ ।