• १२ साउन २०८१, शनिबार

उपसभामुखमा कांग्रेस सांसद मुक्ताकुमारी यादवको उम्मेदवारी

blog

उपसभामुख पदकी उम्मेदवार मुक्ताकुमारी यादवका तर्फबाट उम्मेदवारी दर्ता गराउनुहुँदै उहाँका प्रस्तावक सांसद बद्रीप्रसाद पाण्डे । तस्बिर : सुजन गुरुङ

काठमाडौं, माघ ६ गते । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शुक्रबार अपराह्न नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर सांसद यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस

इन्दिरा राना मगरले दिनुभयो उपसभामुखमा उम्मेदवारी