• १२ साउन २०८१, शनिबार

सभामुख घिमिरेद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहण गर्नुहुँदै नवनिर्वाचित सभामुख देवराज घिमिरे । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ ६ गते । नवनिर्वाचित सभामुख देवराज घिमिरेले नवनिर्वाचित सांसदहरुका लागि संसदीय अभ्यास र प्रक्रिया सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सभामुख घिमिरेले लैनचौरस्थित शहीद  स्मारक जानुभई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

त्यसपछि सिंहदरबारस्थित कार्यालय पुगेर सभामुख घिमिरेले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

बिहीबार नेकपा (एमाले) का सांसद घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस

सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित