• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिसमक्ष सभामुख देवराज घिमिरेद्वारा शपथ ग्रहण

blog

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुँदै नवनिर्वाचित सभामुख देवराज घिमिरे । तस्बिर : सुजन गुरुङ

काठमाडौं, माघ ६ गते । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति नन्दबहादुर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

२०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो ।

प्रतिनिधि सभाको सभामुखमा बिहीबार नेकपा (एमाले) का सांसद घिमिरे निर्वाचित हुनुभएको थियो । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ ।

उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको छ । उहाँ नेपाली कांग्रेसकी प्रतिनिधि सभा समानुपातिक सदस्य  हुनुहुन्छ । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको छ ।

यो पनि पढ्नुहोस

सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित