• १२ साउन २०८१, शनिबार

पोखरेलद्वारा नेता पुनको स्वास्थ्यअवस्थाबारे जानकारी

blog

उपमहासचिव पुनको स्वास्थ्यअवस्थाबारे जानकारी लिनुहुँदै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल । तस्बिर : नेता पोखरेलको सामाजिक सञ्जाल

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ५ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएको खवर पाएपछि आफू उहाँको अवस्थाबारे जानकारी लिन आज बिहीबार दिउँसो अस्पताल पुगेको बताउनुभयो । नेता पोखरेलले उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

भेटपछि उहाँले सामाजिक सञ्जालमा त्यसबारे स्टाटस लेख्दै भन्नुभएको छ, “स्वास्थ्य स्थितिमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहनुभएका माओवादी केन्द्रका नेता वर्षमान पुनलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छु । कमरेडको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”