• १२ साउन २०८१, शनिबार

जीवन रहुन्जेल स्याङ्बोलाई न्याय दिन सकिएन : अध्यक्ष ओली

blog

काठमाडौं, माघ ६ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लामो समय कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका स्वर्गीय नेता हर्ष स्याङ्बोलाई जीवन रहुन्जेल पार्टीले उचित सम्मान दिन नसकेको बताउनुभएको छ । शुक्रबार रातो घर फाउण्डेसनले पुराना वामपन्थी नेता स्याङ्बो सम्मान तथा श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।  

अध्यक्ष ओलीले भन्नुभयो, “लामो समय कम्युनिष्ट आन्दोलनमा बिताएर हामीबीच यहाँ हुनुहुन्नँ । जीवन रहुन्जेल हामीले न्याय दिन सकेनौं, दुःख लागेको छ ।” स्याङ्बो बहुआयामिक प्रतिभाका धनी भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले उहाँमा असाधारण प्रतिभा भएको चर्चा गर्नुभयो । 

पछिल्लो समय सम्पर्कविहीन भएको र एक्लो पनि फगत एक्लो जीवन स्याङ्बोले बिताउनुपरेको उहाँले बताउनुभयो । इतिहासमा योगदान पुर्‍याएकालाई बिर्सन नहुने उहाँको भनाइ छ । भक्तपुर नजिकैको मनोहरा खोला छेउमा रहेको सुकुम्बासी बस्तीमा बस्दैआएका स्याङ्बोको गत मङ्सिर ७ गते निधन भएको थियो । सो अवसरमा स्याङ्बोप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।