मौन अवधि र निर्वाचनका दिन नियोकले दुई हजार पर्यवेक्षक परिचालन गर्ने
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ।
निर्वाचन आयोगको पत्रकार सम्मेलन
निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय सुरु हुनुअघि आयोगले पत्रकार सम्मेलन गरेको हो।
‘भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउनु आपत्तिजनक’
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
सुकुम्बासीलाई लालपुर्जासहित रोजगारीको प्रबन्ध मिलाउनेछु : कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले सुकुम्बासीलाई लालपुर्जासहित रोजगारीको व्यवस्था मिलाउने बताउनुभएको छ।
संघीय निर्वाचन : मंसिर १ गते राति १२ बजेदेखि स्थिर समय (भिडियोसहित)
निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ।
‘निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार, आवश्यकता अनुसार हवाइ गस्ती’
काठमाडौं, कात्तिक ३० गते । नेपाल आयोगले मंसिर ४ गते हुने चुनावका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको बताएको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालका अनुसार आयोगले आवश्यकता अनुसार हवाई गस्तीसहित निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको जानकारी दिनुभएको हो । आयोगले सार्वजनिक गरेको भिडियोमार्फत् आयुक्त पौड्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको हो ।
भोजपुरका गठबन्धन उम्मेदवार जिताए मन्त्री पक्का : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन दलको तर्फबाट भोजपुरको प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराँती, प्रदेशमा राजेन्द्रकुमार राई र विनोद वान्ततालाई निर्वाचनमा जिताए सङ्घ तथा प्रदेशमा मन्त्री बनाउने आश्वासन दिनुभएको छ।
निर्वाचनपछि एमाले नेतृत्वमा सरकार : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभएको छ ।
स्थायित्व र विकासका लागि गठबन्धनको जित अनिवार्य छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्थायित्व र विकासका लागि गठबन्धनको जित अनिवार्य भएको बताउनुभएको छ।
विकास र आर्थिक क्रान्तिको लागि गठबन्धन : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन विकास र आर्थिक क्रान्तिको लागि भएको बताउनुभएको छ।
गठबन्धन उम्मेदवारलाई जिताउन आग्रह
नेपाली कांग्रेसका नेता एवम् कैलालीको क्षेत्र नं. ५ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश देउवाले मङ्सिर ४ गतेको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
कर्मचारीलाई मतदान केन्द्रमा पुग्ने चटारो
दिवाकर पोख्रेलदेउखुरी, कार्तिक ३० गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारी खटनपटनको चटारोमा छन्। निर्वाचन अधिकृतको कार्यालयबाट मतदानस्थल टाढा रहेका क्षेत्रमा मङ्गलबारबाटै निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रतर्फ लागेका छन्।दाङको विकट क्षेत्रमा रहेका मतदानस्थलमा पनि कर्मचारी खटनपटनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।विशेष गरेर दाङको पहाडी क्षेत्र बंगालाचुली क्षेत्र, बबई गाउँपालिका विकट क्षेत्र मानिन्छ।उक्त क्षेत्रमा रहेका मतदानस्थलमा जाने कर्मचारी नियुक्तिपत्र बुझ्नका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा भीडभाड भएको हो।यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर १ मा खट्ने कर्मचारी पनि निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएका छन्।दाङ जिल्लाभर एक सय ५३ मतदानस्थलमा दुई वटा अस्थायी मतदान केन्द्रसहित जम्मा चार सय ६५ मतदान केन्द्र छन्।जिल्लाभर तीन हजार सात सय ३० कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनुभयो।दाङको क्षेत्र नम्बर १ मा सुरक्षाकर्मी र स्वयंसेवक कर्मचारीबाहेक एक हजार दुई सय सोह्र कर्मचारी निर्वाचनका लागि खट्नेछन्।दाङको क्षेत्र नम्बर १ मा ५१ मतदानस्थलका एक सय ५२ मतदान केन्द्रमा खट्ने सबै कर्मचारीलाई निर्वाचन सामग्री दिएर काममा पठाइएको हो।
सत्ता गठबन्धनको चुनावी सभालाई लक्षित गरेर भोजपुरमा बम विस्फोट
भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको छ।
निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थल प्रस्थान
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्नका लागि बागलुङमा कर्मचारी मतदानस्थलतर्फ जान सुरु गरेका छन्।
गोपनीयता भङ्ग गरे मतगणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ।
राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चमा जवाफ
नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगर्नुको कारणबारे राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा जवाफ पेस गरेको छ।
गठबन्धनलाई कायम राखेर देश विकास गर्छौं : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताउनु भएको छ। गृह जिल्ला डडेलधुराको भागेश्वरा गाउँपालिका-४ बोगटामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताउनुभएको हो।
धादिङ २ मा अधिकारी र लोहनीबीच प्रतिस्पर्धा
आसन्न संसदीय निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी र नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहोनीबीच प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अधिकारी नेपाली कांग्रेस धादिङका सभापति हुनुहुन्छ । लोहनी नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।
उदयपुर–१ मा डा.खड्कालाई चौधरीको पुनः चुनौती
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा उदयपुरमा चुनावी माहोल उत्कर्षमा पुगेको छ । राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु अहिले दिन रात मतदाता भेट्न घरदैलो अभियानमा ब्यस्त छन् ।
समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले डडेल्धुरा, बैतडी र अछामका चुनावी सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सभालाई सम्बोधन गर्न उहाँ आज गृहजिल्ला आउनुहुने भएको छ ।
अल्पसङ्ख्यकको अधिकारका लागि तेस्रोलिङ्गी उम्मेदवार
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका उम्मेदवार चुनाव प्रचारप्रसारमा व्यस्त छन्। निर्वाचनलाई समावेशी बनाउनुपर्ने कानुनी बाध्यतापछि राजनीतिक दल सबै समूहलाई समेट्न बाध्य छन्। सङ्घीय निर्वाचनमा यो पटक तीन जना यौनिक तथा तेस्रोलिङ्गी अल्पसङ्ख्यक समुदायका उम्मेदवार हुनुहुन्छ। जसमा प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ दुई जनाको नाम समेटिएको हो।
व्यास नगरको छाब्दीलाई नमुना पर्यटकीय क्षेत्र बनाइन्छ : वरिष्ठ नेता पौडेल
तनहुँ, कात्तिक २९ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले छाब्दी बाराही मन्दिरलाई नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाएर काम गरिने बताउनुभएको छ। व्यास नगरपालिका-१४ छाब्दीमा आज आयोजित सभामा नेता पौडेलले भन्नुभयो, “निर्वाचनमा मलाई जिताएर पठाउनुहोस्”, उहाँले भन्नुभयो। शहीदका बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ थियो। पाँच दलीय गठबन्धन अपरिहार्य भएको उल्लेख गर्दै नेता पौडेलले देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कहीँ कतै विचलित नभई गठबन्धन शक्तिलाई बहुमतले विजयी गराउन आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अधूरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्छु।” सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनका लागि गठबन्धन गरेको बताउनुभयो। विकास गरी नमुना जिल्लाको रूपमा विकास गर्न गठबन्धन अपरिहार्य भएको अर्का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले बताउनुभयो। रासस
रवि लामिछानेको उम्मेदवारी खारेजको माग गर्दै उजुरी
काठमाडौं, कात्तिक २९ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ। उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। उम्मेदवार लामिछानेविरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो। मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानुनी व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताउनुभयो। उहाँले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने बताउनुभयो। त्यस्तै उहाँले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको बताउनुभयो। निर्वाचन विवाद निरुपण सम्बन्धमा आयोगमा अहिलेसम्म परेका ६ वटा उजुरीमा दुई वटा फस्र्यौट भइसकेको आयोगले जनाएको छ। ललितपुर ३ की उम्मेदवार तोषिमा कार्की, प्रतिनिधिसभा सदस्य दोलखाका उम्मेदवार बालकृष्ण सिवाकोटी, प्रदेशसभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहता, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ रेवतराज पुरीविरुद्ध उजुरी परेको आयोगले बताएको छ। उपन्यायाधीवक्ता वाग्लेले आचारसंहिता उल्लंघनका उजुरीमा मुलतः मतदातालाई आर्थिक प्रलोभन देखाएको, स्थानीय तहका निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफ्नो कार्यपालिका भित्र प्रचारप्रसार गरेको उजुरी धेरै आएको बताउनुभयो। त्यस्तै, सरकारी कर्मचारी राजनीतिक दलको प्रचारप्रसारमा सहभागी बनेको, आचारसंहिता विपरीतका सामग्री प्रयोग गरेर प्रचारप्रसार गरेको उजुरीहरु पनि धेरै आएको बताउनुभयो। आचारसंहिता लागू गरेपछि आयोगमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनका १२१ वटा उजुरी परेका छन्। जसमध्ये ११ वटा उजुरी फस्र्यौट भइसकेका छन् भने ११० वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेका छन्।