• १२ साउन २०८१, शनिबार

कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने

blog

काठमाडौं, माघ ९ गते । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

सचिवालयका उपसचिव रामहरि थापाले सोमबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर सो कुरा जानकारी गराइएको छ । 

संसद् सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, “प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने ब्यहोरा निर्देशानुसार अनुरोध छ ।”

सङ्घीय संसद् सचिवालयले यसअघि पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको हैसियतमा प्राप्त गर्ने सुविधा माग गरेको आधारमा यो पत्र लेखिएको जनाएको हो ।