काठमाडौं, माघ ९ गते । उपसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो ।
सोमबार मगरले विज्ञप्ति जारी गर्नुहुँदै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभएको छ ।
यो पनि पढ्नुहोस