काठमाडौं, माघ ४ गते । नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
बुधबार नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा पुगेर सांसद न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो ।
कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिन न्यौपाने संसद् भवन पुग्नुभएको हो । उहाँको प्रस्तावकमा कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा, समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला हुनुहुन्छ ।
सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । त्यस्तै, आजै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूची छ ।
माघ ५ गते भोलि (बुधबार) बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्नेछ । साथै, उम्मेदवारको सूचीमाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।