• १२ साउन २०८१, शनिबार

गण्डकी प्रदेश उपसभामुखमा थापा निर्वाचित

blog

गण्डकी प्रदेशसभाको उपसभामुखमा निर्वाचित बिना थापा

रमेश पौडेल

पोखरा, माघ २ गते । गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) बाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित हुनुभएको हो । थापालाई सत्ता साझेदारका सांसदहरुको समर्थन थियो । 

थापालाई एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत आएको हो । कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत प्राप्त गर्नुभयो । सांसद तामाङले आफ्नो पार्टीका २६ सांसदको मत पाउनुभएको छ । कांग्रेस सांसद टीका बस्याल भने अनुपस्थित रहनुभयो ।

गण्डकी प्रदेशसभाको सभामुखमा पुस ३० मा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित हुनुभएको थियो । प्रदेश सभाले आइतबार पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको नाममा शोक प्रस्ताव पनि पारित गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।