• १६ भदौ २०८१, आइतबार

सत्ता साझेदार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

blog

काठमाडौं, माघ २ गते । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ सहित राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित सहभागी हुनुभएको छ । 

प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार यसैगरी बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुभएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा छलफल भएको थियो ।