काठमाडौं, माघ ३ गते । नवनियुक्त परराष्ट्र मन्त्री विमला राई पौड्यालले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण लिएलगत्तै परराष्ट्र मन्त्री पौड्यालले आजै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
मन्त्री पौड्याललाई मन्त्रालयका सचिवसहित कर्मचारीहरूले स्वागत गर्नुभएको छ । नेकपा (एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य राई परराष्ट्र मन्त्री बन्नुभएको हो । उहाँ परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुनुहुन्छ ।
सो अवसरमा नवनियुक्त परराष्ट्रमन्त्री डा.पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्याउने सेवा र सुविधालाई सहज बनाउने विषयमा आफूले पहिलो प्राथमिकता दिने बताउनुभयो ।
मङ्गलबार परराष्ट्र मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले दिने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताउनुभएको हो ।
परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवालाई प्रभावकारी तुल्याउने, विदेशी कूटनीतिक नियोगहरूसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँच बनाउने तीन कामलाई प्राथमिकता दिने उहाँको भनाइ छ ।
परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको मन्त्री पौडेलले बताउनुभयो । नेपालको हितमा सम्झौता नगरीकन आफूले विदेशी कूटनीतिक नियोगहरूसँग समन्वय गर्ने बताउनुभयो । पौड्यालले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने बताउनुभयो ।