• १२ साउन २०८१, शनिबार

प्रदेश उपसभामुख चापागाईँद्वारा शपथ

blog

बागमती प्रदेशको प्रदेश उपसभामुखका निर्वाचित अप्सरा चापागाईँ खत्री सपथ गराउँदै प्रदेश सभामुख भुवन पाठक । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, माघ ३ गते । 
बागमती प्रदेशको प्रदेश उपसभामुख अप्सरा चापागाईँ खत्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा प्रदेश सभामुख भुवन पाठकले प्रदेश उपसभामुख चापागाईँलाई शपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश सभा नियमावली २०७४ को नियम १० मा भएको व्यवस्था बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा प्रदेश सभामुख पाठकबाट प्रदेश उपसभामुख चापागाईँले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

नेकपा एमालेका प्रदेश सभाका सदस्य चापागाईँ प्रदेश उपसभामुखका लागि सोमबार भएको निर्वाचनमा ६१ मतसहित निर्वाचित हुनुभएको थियो ।

प्रदेश उपसभामुखमा नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीबाट गीता काफ्लेको समेत उम्मेदवारी रहेको थियो ।

पोखरामा भएको विमान दुर्घटनापछि शोक व्यक्त गर्न सार्वजनिक बिदा दिएका कारण प्रदेश उपसभामुख चापागाईँको सोमबार नै गर्ने भनिएको शपथ ग्रहण कार्यक्रम रोकिएको थियो ।