सरकार असफल हुने छुट छैन : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन भएको बताउनुभएको छ ।
आर्थिक अनुशासन सबैभन्दा महत्वपूर्ण हो : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्पूर्ण रहेको बताउनुभएको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे
नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ ।
कांग्रेस देउवा पक्षको भेला
नेपाली कांग्रेसका नेताले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने बताइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको यहाँ भेला भएको छ ।
मुलुकलाई नयाँ ढङ्गले अघि बढाउन आवश्यक : अध्यक्ष भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राख्नुभएको छ ।
मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओली आइतबार विश्वासको मत लिनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज बिहान द्वारिकाज होटल पुग्नुभएका उहाँले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । टल पुग्नुभएका उहाँले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
नाउपाको संसदीय दलका नेता फेरि परिवर्तन
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता फेरि परिवर्तन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको विशेष अधिवेशन आह्वान
आ.व. २०८१–८२ को बजेट पारित नहुँदै सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले बजेट अधिवेशन अन्त्य गरी विशेष अधिवेशन आह्वान गर्नु भएको छ ।
कांग्रेस–एमाले सहकार्यको विकल्प छैन : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा (एमाले) विच सहमति भई बनेको गठबन्धन सरकारको आयुलाई लिएर कोही भ्रममा नपर्न आग्रह गर्नुभएको छ । दुई दलविचको सहकार्यको विकल्प अहिले नभएको उहाँले प्रष्ट पार्नुभयो ।
बागमतीमा कांग्रेस र एमालेबीच सहमति : मुख्यमन्त्री जम्कट्टेललाई मत नदिने
नेपाली कांग्रेस र नेकपा (एमाले) ले बागमती प्रदेश सभामा सहकार्य गर्ने निर्णयसहित बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने सहमति गरेका छन् ।
कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैन : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताउनुभएको छ ।
सरकार जिम्मेवारीपूर्वक अघि बढ्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार जिम्मेवारीपूर्वक एवम् गम्भीर रुपमा अगाडि बढ्ने बताउनुभएको छ ।
खेलकुद अन्तर्राष्ट्रिय स्तरमा पहिचानको उत्तम माध्यमः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताउनुभएको छ ।
कांग्रेसले बागमतीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लिने विश्वासको मतको विपक्षमा मतदान गर्नेभएको छ ।
संसद भवनको निर्माण कार्य आधुनिक देखिएन : राष्ट्रिय सभा अध्यक्ष
राष्ट्रिय सभका अध्यक्ष नारायणप्रसाद दाहालले पछुताउन नपर्ने गरी सङ्घीय संसद भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो सुझाव
केन्द्रीय विभागको कार्यदलले तयार गरेको सुझावपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले ९९ बुँदे सुझावको प्रतिवेदन बुझाउनुभएको हो।
बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री डा. राणाको चासो
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिनुभएको छ ।
निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिनुभएको छ ।
मविरुद्ध नियोजित कदम चालियो : उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले केही सञ्चारमाध्यममा ‘उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन’ भन्ने समाचारप्रति गम्भीर ध्यानआकर्षण भएको बताउनुभएको हो ।
राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ ।