• ५ साउन २०८१, शनिबार

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

blog

प्रमुख सचेतक श्यामकुमार घिमिरे

काठमाडौँ, साउन ५ गते । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ ।

कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई शनिबार प्रमुख सचेतकमा मनोनीत गर्नुभएको हो । पार्टीका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएसँगै घिमिरेले प्रमुख सचेतकको जिम्मेवारी पाउनुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका घिमिरे गत निर्वाचनमा सिन्धुली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

संसदीय दलका नेता देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा १ बमोजिम मनोनयन गर्नुभएको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो । रासस