• ५ साउन २०८१, शनिबार

प्रधानमन्त्री ओली आइतबार विश्वासको मत लिनुहुने

blog

प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं, साउन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाउनुभएको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान भएपछि कांग्रेस र एमाले सांसदहरूको संयुक्त हस्ताक्षरमा १६६ सांसदको हस्ताक्षरसहित अध्यक्ष ओली प्रधानमन्त्री पदमा दाबी पेस गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले संविधानको धारा १०० (२) अनुसार संसद बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो । 

सोही दाबीअनुसार राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । ३१ गते प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) अनुसार संसद् बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो । 

यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत र विपक्षमा १९४ मत परेको थियो । सोअनुसार प्रधानमन्त्री ओलीको पक्षमा १९४ मत र विपक्षमा ६३ मत आउने सरस्वती गणित देखिन्छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसदहरूको मत जोड्दा अध्यक्ष ओलीलाई सो पद आउने निश्चित देखिन्छ । 

प्रधानमन्त्री ओलीलाई सत्ता घटक दलहरू नेपाली काँग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ । 

यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत र विपक्षमा १९४ मत परेको थियो । सोअनुसार प्रधानमन्त्री ओलीको पक्षमा १९४ मत र विपक्षमा ६३ मत आउने सरसर्ती गणित देखिन्छ ।

नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा (एकीकृत समाजवादी), राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १, राष्ट्रिय जनमोर्चा १, प्रभु साह (स्वतन्त्र) १ ले मत कता दिने विषयमा निर्णय गर्न बाँकी छ । संसदमा हाल कायम संसद् सङ्ख्यामध्ये विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ ।

प्रधानमन्त्री ओलीको पक्षमा १९४ मत सुनिश्चित देखिए पनि थप मतका लागि सत्तारुढ दलले प्रयास गर्ने बताएका छन् । नेकपा (एमाले) ले आफ्नो दलका सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । प्रमुख सचेतक महेशकुमार बर्तौलाले आफ्ना सांसदहरुलाई सो ह्विप जारी गर्नुभएको हो ।

संसद् सचिवालयका उपसचिव तथा सूचना अधिकारी दशरथ धमलाका अनुसार आइतबार दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभामा प्रधानमन्त्रीले सुरुमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुनेछ । सोपछि संसदमा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्रबाट एक–एक जना प्रतिनिधिले आफ्ना धारणा राख्नुहुनेछ । प्रधानमन्त्रीले राख्नुहुने विश्वासको मतको प्रस्तावलाई मत विभाजन गर्दासम्म केही समय लाग्ने उहाँले बताउनुभयो ।  

असार १७ गते राति कांग्रेस र एमालेविच सत्ता साझेदारी गर्ने ७ बुँदे सहमति भएको थियो । यद्यपि सो सहमतिपत्र अझैसम्म सार्वजनिक गरिएको छैन ।

गत असार १७ गते राति कांग्रेस र एमालेबिच सत्ता साझेदारी गर्ने ७ बुँदे सहमति भएको थियो । यद्यपि सो सहमतिपत्र अझैसम्म सार्वजनिक गरिएको छैन । दुई प्रमुख दलबिच सत्ता साझेदारी गर्ने सहमतिअनुसार एमाले अध्यक्ष ओलीलाई चौथो पटक मुलुकको प्रधानमन्त्री हुने अवसर मिलेको थियो । दुई प्रमुख दलको सहमतिअनुसार सुरुको दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्नुहुने र बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्नुहुनेछ । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।