शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत २७ गते । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार उपसभामुखमा निर्वाचित उहाँलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाउनुभएको हो ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहको समेत उपस्थित थियो ।
प्रतिनिधि सभामा आज भएको मतदानमा उहाँले कुल उपस्थित २५६ मध्ये २२९ सदस्यको मत पाउनुभएको हो ।