राजकुमार भट्टराई
खोटाङ, चैत २७ गते । खोटाङमा ७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । केपिलासगढी गाउँपालिकाका –५ का लक्ष्मण परियार भनिने ३९ वर्षीय मनीकुमार दर्जीलाई चैत २७ गते प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पक्राउ परेका दर्जीले सोही गाउँपालिकाका ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टका अनुसार दर्जीले चैत २५ गते दिउँसो ३ बजे जबरजस्ती करणी गरेको आरोप छ ।
प्रहरीलाई जानकारी आउनासाथ उनको खोजी सुरु भएको थियो । जिल्लाबाट काठमाडौंतर्फ गाडीमा भाग्दै गर्दा शुक्रबार नुनथलाबाट उनलाई पक्राउ गरिएको विष्टले बताउनुभयो । जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।