राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यक : उद्योगमन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
‘वर्तमान सत्ता समीकरण २०८४ सालसम्म कायम रहन्छ’
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने बताउनुभएको छ ।
दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताउनुभएको छ ।
रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँ छ : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूत सङबिच भेट
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सङबिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदूतसँगबिच भेटवार्ता भएको हो ।
चुरोटमा प्रयोग हुने पदार्थको उत्पादन आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन
चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।
अहिलेको चुनौती निराशा चिर्ने, आशा जगाउने हो : अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौती निजी क्षेत्रको आत्मबल बढाउनुरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण
बिहीबार राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समुपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा. बडाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।
मधेश सरकारमा कांग्रेसबाट चार मन्त्रीको नाम सिफारिस
मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट चार जनालाई मन्त्रिपरिषदमा सहभागी गराउन नाम सिफारिस गरिएको छ ।
नयाँ फोटो टाँस्नका लागि सरकार बनाएका होइनौँ : उपप्रधानमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरू फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मधेश सरकार स्थिर बनाउन जसपाको आवश्यकता : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकारलाई स्थिर बनाउन जसपा नेतृत्व सरकारको आवश्यकता रहेको बताउनुभयो ।
गण्डकी प्रदेश : सरकार पुनगर्ठनमा सहमति खोजिँदै
प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल नै सुरु भएको छैन ।
वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित : नेता निधि
नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विमलेन्द्र निधिले वर्तमान गठबन्धनको भविष्य सुरक्षित रहेको बताउनुभयो ।
चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न इच्छुक
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।
गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।
सरकारले लगानी मैत्री नीति अवलम्बन गर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन नीति सरकारले अवलम्बन गर्ने बताउनुभएको छ।
खानेपानी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरेसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
सभामुख देवराज घिमिरेसँग बुधबार नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल म्यूली मोन्टेलियोनले शिष्टाचार भेट गर्नुभएको छ ।
खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबिच भेट
खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबिच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
चुहावट नियन्त्रण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनुभएको छ । बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै मन्त्री गुरुङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।
विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम हो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ ।
ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।
महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ।
निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी दिनुभयो ।