• ३ साउन २०८१, बिहिबार

‘वर्तमान सत्ता समीकरण २०८४ सालसम्म कायम रहन्छ’

blog

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि । फाइल तस्बिर

जनकपुर, साउन ३ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । मधेश प्रदेश सरकारमा सहभागिताबारे उहाँले भन्नुभयो, “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।” विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत हुनुहुन्थ्यो । रासस