• ३ साउन २०८१, बिहिबार

वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित : नेता निधि

blog

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका केन्दीय सदस्य बिमलेन्द्र निधि । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, साउन ३ गते ।
नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विमलेन्द्र निधिले वर्तमान गठबन्धनको भविष्य सुरक्षित रहेको बताउनुभयो ।

बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगको कुरा गर्नुहुँदै कांग्रेस नेता निधिले कांग्रेस र नेकपा (एमाले) वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित रहको बताउनुभएको हो ।

वर्तमान सरकार टिकाउ हुने र विसं. २०८४ सालसम्म वर्तमान सरकार टिक्ने उहँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको गठबन्धन २०८४ सालसम्म निरन्तरता पाउनेछ र यस सरकारलाई कांग्रेसले पूर्णरुपमा सहयोग गर्नेछ ।”

यस्तै, वर्तमान सरकारमा आफू सहभागी हुने कुनै योजना नरहेकाले वर्तमान सरकारमा जाने नजाने कुरालाई गम्भीरतापूर्वक नलिएको नेता निधिको भनाइ छ ।

यसैगरी, मधेश प्रदेश सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जानकारी दिनुहुँदै नेता निधिले भन्नुभयो, “कांग्रेसले अहिलेको जनमत पार्टीको नेतृत्वको मुख्यमन्त्रीलाई समर्थन गरेको छ, कांग्रेसले पाउने मन्त्रालयबारे छलफल पनि हुँदैछ, निश्चित मन्त्रालय नपाए सरकारमा नजाने भन्ने कुरा असान्दर्भिक हो । त्यसकारण छलफलबाट मन्त्रालय टुङ्गो लाग्छ र सहमति हुन्छ ।” 

उहाँले छलफलबाट मन्त्रालयको टुङ्गो लागेपछि कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लाग्छ ।