• ३ साउन २०८१, बिहिबार

मधेश सरकारमा कांग्रेसबाट चार मन्त्रीको नाम सिफारिस

blog

धीरेन्द्रप्रसाद साह 

जनकपुर, साउन ३ गते । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट चार जनालाई मन्त्रिपरिषदमा सहभागी गराउन नाम सिफारिस गरिएको छ ।

नेपाली कांग्रेसले अर्थ मन्त्रीमा सुनिलकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जनार्दन क्षेत्री, ऊर्जा, सिँचाइ खानेपानी मन्त्रीमा शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा कौशल किशोर रायको नाम सिफारिस गरेर पठाएको छ।

सिफारिस भएर आएका मन्त्री बिहीबार नियुक्त हुनेछन् । बिहीबार ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिनुभयो।