• २ साउन २०८१, बुधबार

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

blog

महान्यायाधिवक्ता रमेश बडाल । फाइल तस्बिर

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा १७५ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो।

वरिष्ठ अधिवक्ता बडाल काठमाडौँ महानगरपालिका-७ चाबहिल निवासी हुनुहुन्छ।