• ३ साउन २०८१, बिहिबार

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूत सङबिच भेट

blog

उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत चेन सङ ।

काठमाडौँ, साउन ३ गते । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सङबिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदूतसँगबिच भेटवार्ता भएको हो ।

भेटमा चीनका तर्फबाट राजदूतले उपप्रधानमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । नेपाल र चीन बिचमा सहरी विकासको क्षेत्रमा सहकार्यका बारेमा पनि छलफल भएको छ ।

चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुनर्निर्माणमा सघाउन तयार रहेको राजदूतले बताउनुभएको थियो । भेटमा उपप्रधानमन्त्री सिंहले दुवै देशबिचको सम्बन्ध विस्तार गर्नुहुँदै नेपाललाई अझै बढी सहयोग गर्न आग्रह गर्नुभयो ।