• ३ साउन २०८१, बिहिबार

मधेश सरकार स्थिर बनाउन जसपाको आवश्यकता : अध्यक्ष यादव

blog

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, साउन ३ गते । 
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकारलाई स्थिर बनाउन जसपा नेतृत्व सरकारको आवश्यकता रहेको बताउनुभयो ।

बिहीबार जनकपुरधाम विमानस्थालमा जसपाका अध्यक्ष यादवले विगतमा जसपाले पूर्णता दिएर स्थिर सरकार चलाएका कारण अहिले पनि मधेश प्रदेश सरकारलाई स्थिर राख्न जसपा नेपालको नै अवश्यकता रहेको जिकिर गर्नुभयो ।

उहाँले केन्द्रीय राजनीतिको अभ्यास गलत भइरहेका कारण प्रदेशमा पनि केन्द्रकै असर परेको बताउनुभयो । केन्द्रकै गलत अभ्यासका कारण प्रदेशमा राजनीतिक अस्थिरता बढेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “केन्द्र सरकार अस्थिर हुनुको अर्थ प्रदेश सरकार अस्थिर हुन हो, त्यसकारण केन्द्रको अस्थिरताको असर तलसम्म परेको हो, त्यसमा पनि मधेशमा अझै बढी परेको छ ।”

देश अहिले अनिश्चितता र अन्याेलमा चलेको छ, त्यसमा पनि मधेशमा त्यो प्रवृत्ति अझै बढी छ, त्यसकारण राजनीतिक हैसियत र अन्याेल नेपालका लागि नयाँ विषय रहेको बताउनुहुँदै अध्यक्ष यादवले केन्द्रको असर प्रदेशमा पर्नु स्वाभाविक रहेको बताउनुभयो ।