गैरनाफामूलक सङ्घसंस्थाको सम्पत्ति शुद्धीकरण गर्ने परिषद्को निर्णय
समाज कल्याण परिषदले सङ्घसंस्थाको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न निर्देशिका तर्जुमा गर्ने निर्णय गरेको छ ।
जनताका अपेक्षा पूरा गर्न वर्तमान सरकार सफल हुनेछः सांसद रोकाय
नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सङ्घीय संसद् भवन निर्माण कार्य सन्तोषजनक छैन : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद् भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः सांसद अर्याल
नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
विकासका संरचनालाई वैज्ञानिकरण नगर्दा विपद्जन्य क्षति बढी भयो : सांसद शेर्पा
राष्ट्रिय सभामा नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा नेपालले विपद्जन्य क्षति बढी व्यहोरिरहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सङ्घीय संसद भवनको निर्माणका कार्य समयमै पूरा गर्ने प्रयास गर्नेछु : उपप्रधानमन्त्री
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
राहत–उद्धारमा ध्यान दिन नेता महरको आग्रह
नवगठित सरकारका मन्त्रीलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन् ।
नेकपा एसमा प्रतिनिधित्वः ३३ प्रतिशत महिला, २० प्रतिशत युवा
पार्टीले समावेशिताको अनुपात र सङ्ख्या निर्धारण गरी भूगोल, खुला र समावेशी क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गरेको हो । समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू नौ, मुस्लिम छ, अल्पसङ्ख्यक तीन र अपाङ्गता भएका व्यक्ति दुई प्रतिशत हुनेगरी प्रतिनिधित्वको सुनिश्चितता गरेको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
सरकारको काम चुस्त बनाउन समिति गठन
सरकारले मन्त्रिपरिषद्को पाँच समिति गठन गरी संयोजकको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।
नेपाल विशेष प्राथमिकताको साझेदार : प्रधानमन्त्री मोदी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । द्विपक्षीय साझेदारी अझ उचाइमा पुर्याउन र दुवै देशका जनताका आकाङ्क्षाहरू पूरा गर्नका लागि आफू प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको शुभकामना सन्देशमा जनाउनु भएको छ ।
राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह
नेपाली काँग्रेस र नेकपा (एमाले) ले मुख्यमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुदूरपश्चिम प्रदेश सकारकाका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आग्रह गरेका छन् ।
प्रमसँग प्रश्नोत्तर साउन ७ मा
प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य/प्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो ।
देश अप्ठेरोमा पर्दा काँग्रेस एमाले एक ठाउँमा : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्था अप्ठेरोमा पर्दा कांग्रेस–एमाले शक्ति एक ठाउँमा उभिएको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ
मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मधेश सरकारमा सहभागी नेपाली कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीले बिहीबार साँझ शपथ लिएका हुन् । कांग्रेसका चार र लोकतान्त्रिक समाजवादी पार्टीका एकसहित पाँच मन्त्रीहरुले शपथ लिएका छन् ।
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल र विकास सल्लाहकारमा खतिवडा नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाललाई नियुक्त गरेको हो ।
बागमतीमा राप्रपाले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।
वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ ।
‘सहकारी क्षेत्रमा देखिएका समस्या उजागरमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’
प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार साँझ ५ः३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने खेलकुदमन्त्रीको प्रतिबद्धता
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताउनुभएको छ।
संसद्का आगामी कार्यक्रमबारे प्रमुख सचेतकसँग सभामुखको छलफल
सभामुख देवराज घिमिरेले संसद्का आगामी कार्यक्रमबारे संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।
म्याग्दीमा शतप्रतिशत योजना कार्यान्वयन
जिल्लास्थित सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत योजना र कार्यक्रम कार्यान्वयन गरेको छ । गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको सबै योजना र कार्यक्रम कार्यान्वयन भएको हो ।