• ४ साउन २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीलाई मोदीकाे शुभकामना

नेपाल विशेष प्राथमिकताको साझेदार : प्रधानमन्त्री मोदी

blog

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । द्विपक्षीय साझेदारी अझ उचाइमा पुर्‍याउन र दुवै देशका जनताका आकाङ्क्षाहरू पूरा गर्नका लागि आफू प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको शुभकामना सन्देशमा जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्व र बहुमूल्य अनुभवले दुई मित्र राष्ट्रबिचको व्यापक सहकार्य सकारात्मक दिशामा अघि बढ्ने र यो दुवै देशका जनताका लागि लाभदायक हुने विश्वास प्रधानमन्त्री मोदीले सन्देशमा व्यक्त गर्नुभएको छ । भारतको ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपाल विशेष प्राथमिकताको साझेदार रहेको उल्लेख गर्दै सन्देशमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सरकार नेपालको आर्थिक समृद्धि र विकास प्राथमिकताको खोजीमा स्थिर साझेदार हुन प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

उहाँले पारस्परिक लाभको साझेदारीलाई मजबुत पार्दै र नयाँ सहयोगका क्षेत्रहरूको अन्वेषण गर्दै अगाडि बढ्ने तत्परता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालको ४५औँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको छ । 

यो पनि पढ्नुहोस

चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न इच्छुक