• ४ साउन २०८१, शुक्रबार

मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

blog

मधेश सरकारमा सहभागी मन्त्रीहरु शपथ लिँदै । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, साउन ३ गते । मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ  लिएका छन् ।

मधेश सरकारमा सहभागी  नेपाली कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीले बिहीबार साँझ शपथ लिएका हुन् । कांग्रेसका चार र लोकतान्त्रिक समाजवादी पार्टीका एकसहित पाँच  मन्त्रीहरुले शपथ लिएका छन् ।

कांग्रेसले अर्थसहित ४ मन्त्रालय र लोसपाले शिक्षा तथा संस्कृति मन्त्रालयको नेतृत्व गर्ने गरी  सरकारमा सहभागी भएका छन् । कांग्रेसका सुनिलकुमार यादव अर्थ मन्त्री, जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रीको शपथ लिनुभएको हो । 

यसैगरी, लोसपाका प्रमुख सचेतक रानी कुमारी तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको रूपमा शपथ लिनुभएको हो।

यस्तै, शिक्षा तथा संस्कृतिमन्त्री रहनुभएका नेकपा (एमाले) का राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने विना विभागीयमन्त्री  मो. सकिल मियालाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

नियुक्त मन्त्रीहरूलाई  प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराउनु भएको छ ।