भ्रष्टाचारको छानबिन गर्ने प्रधानमन्त्रीको दृढता (पूर्णपाठसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गरी दोषीउपर कारबाही गरिने बताउनुभएको छ।
मुख्यमन्त्री सिंहद्वारा छड्के निरीक्षण
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकु्मार सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका विभिन्न मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ ।
‘नयाँ सरकार बनेपछि शेयर बजारमा हरियाली छाएको छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार भएको दाबी गर्नुभएको छ।
मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले आइतबार बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गर्नुभएको हो ।
स्काउटको विवाद सुल्झाउन पहल गर्छु : खेलकुदमन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गा विवाद छिटो सुल्झाउन आफूले पहल गर्ने बताउनुभएको छ ।
थालेको काम सक्नु सरकारको मुख्य प्राथमिकता होः प्रधानमन्त्री ओली
प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र सुरु गरिएका काम सक्नेकुरा प्राथमिकतामा रहेको बताउनुभएको छ।
कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा लामाको नाम तय गर्यो
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ ।
भ्रष्टाचार गर्दैनौं, सहँदैनौं र कसैलाई गर्न दिँदैनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नदिने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान यो सरकार बनेको हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताउनुभएको छ।
‘ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने व्यवस्था हटाउनुपर्छ’
सत्तारुढ नेकपा (एमाले)मा सांसद रघुजी पन्तले ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्था हटाउन सरकारसँग माग गर्नुभएको छ ।
उपसभामुख रानालाई पदबाट राजीनामा दिन माग
सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिनु माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राजीनामा माग गर्नुभएको हो ।
विधेयक प्रमाणीकरणसम्बन्धी सदनलाई जानकारी
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
‘बिपी कोइराला साहित्यकार, ‘साइकोलोजिस्ट’ सबैमा योग्य’
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको स्मरण गर्नुहुँदै उहाँ साहित्यकार, ‘साइकोलोजिस्ट’ सबै कुरामा योग्य रहनुभएको बताउनुभएको छ ।
सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टका लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
प्रभावकारी रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसदमा सशक्त रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले आफ्ना विषय राख्ने निर्णयसमेत गरेको हो ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्नुहुने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो ।
बागमतीमा काँग्रेस नेतृत्वमा सरकार बन्ने
बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले आज सो निर्णय गरेको हो ।
प्रधानमन्त्री के.पी. शर्मा ओली संसदबाट विश्वासको मत लिनुहुँदै (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैहुनुहुन्छ ।
निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले बिपीलाई जेल हाले : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताउनुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलको डेढवर्षे उपलब्धि सार्वजनिक
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले १७ महिनाको अवधिमा गरेको मुख्य उपलब्धि आइतबार सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को आयोजनामा पत्रकार सम्मेलन मार्फत प्रदेश सरकारले गरेका प्रमुख कार्यहरूको पुस्तिका सार्वजनिक गरिएको हो ।
नेकपा एसद्वारा विपक्षमा मतदान गर्न ह्विप
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो ।
लोकतन्त्रका प्रणेता
मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबारे हरेक बुद्धिजीवीले एक न एक कोणबाट कलम चलाइराखेका छन् । सामान्य नागरिकदेखि उच्च ओहोदाका व्यक्तिले पनि बिपीप्रति विशेष श्रद्धा जनाउने गर्छन् । तत्कालीन शासकले २०१७ सालपछि उनलाई आठ वर्षसम्म सुन्दरीजल कारागारमा थुनेर राख्यो । बिपीले तीन घुम्ती जस्ता उपन्यास त्यही ठाउँमा बसेर सिर्जना गरेका हुन् ।
राप्रपा संसदीय दलको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलको बैठक आज ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
रास्वपा संसदीय दलको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।